सञ्जिव र सञ्जितलाई दोहोरो पदक

  असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : नेपालका सञ्जिव तामाङ र सञ्जितकुमार राईले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्समा दोहोरो पदक जितेका छन् ।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १८ वर्षमाथिको समूहमा चाइनिज फम्समा ८.३ अङ्क जोड्दै तामाङ पहिलो भएको नेपाल उमा कुङ्फु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिनुभयो ।

सो स्पर्धामा पोल्यान्ड दोस्रो तथा जर्मनी तेस्रो भयो । तामाङले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनितर्फ चेक रिपब्लिकका खेलाडीलाई हराउँदै कास्य पदक प्राप्त गरे ।

यस्तै भेट्रान पुरुष ३५ वर्षमाथिको समूहमा राईले चाइनिज क्रिएटिभमा ९.२ अङ्क हासिल गर्दै स्वर्ण पदक जिते । ट्रेडिसनल फम्समा उनले कास्य प्राप्त गरे ।

तपाईको प्रतिक्रिया