कतै म छुटेँ कि ?

  असार २७, २०७९

निरोज पौडेल, रामेछाप : इन्टरनेटको विकास सन् १९६० को दशकमा भएसँगै त्यसपछि इमेल, वेबसाइट, सामाजिक संजालको विकास भयो। पहिलोपटक एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा मेसेजको संचार इन्टरनेटमार्फत सन् १९६९ अक्टोबर २९ मा भएको थियो। वेबसाइट ( वर्ल्ड वाइड वेब) को विकास  सन् १९९१ अगस्ट ९ मा बर्नस लि ले गरेका थिए । सुरुको समय (सन् १९९१-२००४) का वेबसाइटहरु ( वेब १.०) कन्टेन्ट पढ्न मात्र मिल्ने, सुचना प्रदान गर्ने, साधारण पोर्टल, प्यासिभ किसिमका थिए। त्यसपछिको समयमा वेबसाइटहरु ( वेब २.०) कन्टेन्ट पढ्न र लेख्न दुबै मिल्ने, प्रयोगकर्ताले अन्तरक्रिया गर्न सक्ने, कम्युनिटी फोकस गरिएको इन्टर्याक्टिभ किसिमको बने जुन अहिले पनि ब्लग, सामाजिक संजाल, पोडकास्ट आदिमा प्रयोग भइरहेको छ। हालका वेबसाइटहरु ( वेब ३.०) प्रयोगकर्ताको बिहाभ्यर, साइकोलोजी लाई फोकस गरिएको , आर्टिफिसिएल इन्टेलिजेन्सको प्रयोग, विभिन्न एप्लिकेसनमार्फत जुनसुकै ठाउँबाट कन्टेन्ट एक्सेस गर्न सकिने किसिमको बनाइएको छ।

ग्लोबल डिजिटल रिपोर्ट अप्रिल २०२२ सम्मको तथ्यांक अनुसार बिश्वमा इन्टरनेट प्रयोग गर्ने मानिसको संख्या ५ अरब ( बिश्वको कुल जनसंख्याको ६३५) रहेको छ। त्यस्तै मोबाइल प्रयोगकर्ताको संख्या ५.३२ अरब रहेको देखाइएको छ। रोचक कुरा के छ भने ९२.४५ ले मोबाइलको माध्यमबाट इन्टरनेटको प्रयोग गर्छन् । विश्वमा एकजना इन्टरनेट प्रयोगकर्ताले औसतमा दिनको ७ घण्टा टाइम अनलाइनमा बिताउने गरेको पाइएको छ। त्यस्तै सामाजिक संजाल प्रयोग गर्नेहरुको संख्या संसारभरिमा ४.६५ अरब रहेको छ ( ग्लोबल डिजिटल रिपोर्ट २०२२)  । १० जना इन्टरनेट प्रयोगकर्ताहरुमध्ये ९ जनाले सामाजिक संजाल प्रयोग गर्छन् । प्रत्येक सेकेन्डमा १० जना नयाँ सामाजिक संजाल प्रयोगकर्ता थपिन्छ्न्। संसारमा सामाजिक संजाल प्रयोगकर्ताले औसतमा १ दिनमा २ घण्टा ३० मिनेट समय सामाजिक संजाल प्रयोग गर्ने गर्दछ्न्।

पहिलो सोसियल मिडियाको रुपमा सिक्सडीग्रीज डट कम लाई चिनिन्छ त्यो सन् १९९७ मा प्रयोगमा आएको थियो। त्यसमा नेटवर्कको माध्यमबाट प्रोफाइल क्रिएट गर्न, मेसेज पठाउन, कनेक्सन गर्न मिल्दथ्यो। हाल सयौंको संख्यामा सोसियल मिडियाहरु प्रयोगमा आएका छन् । अहिले संसारमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक संजाल फेसबुक हो जसको २.९३६ अरब सक्रिय प्रयोगकर्ता छन् । तर संसारको सबैभन्दा बढी जनसंख्या ( १.४५ अरब) भएको देश चिनमा फेसबुक, ट्विटर, इन्स्टाग्राम, युटुब आदि सामाजिक संजाल प्रतिबन्ध गरिएको छ। चिनमा विच्याट, सिना वेइबो, टेन्सेन्ट क्युक्यु आदि सोसियल मिडिया प्रयोगमा छन् । फेसबुक पछि सबैभन्दा बढी प्रयोग हुने सामाजिक संजाल क्रमशः युटुब, ह्वाट्सअप , इन्स्टाग्राम, विच्याट, टिकटक आदि हुन् । फेसबुकको प्रयोग एक दिनमा १.९६ अरब प्रयोगकर्ताले गर्दछ्न्। सबैभन्दा बढी फेसबुक प्रयोगकर्ता भएको देश भारत हो जहाँ लगभग ३४ करोड ब्यक्तिले यसको प्रयोग गर्दछन् । बिश्वमा ९८.५ ५ ले मोबाइल फोनमार्फत फेसबुक चलाउने गरेको पाइएको छ।

म एक्लो छुरछैन निर्धारण गर्ने माध्यम बन्यो सामाजिक संजाल । सामाजिक संजाल आफैंमा सामाजिक अथवा असामाजिक संजालको रुपमा स्थापित हुँदैछ यो चर्चाको बिषय बन्न पुग्यो। समाज निर्माण गर्दैछ वा विनिर्माण। समाजका मुलभुत मान्यताहरु सामाजिक संजाल मार्फत स्थापित हुँदैछन् वा विस्थापित । यसको प्रयोग दिनानुदिन बढ्दै जानू, मानिसको धेरै समय सामाजिक संजालमा व्यतीत हुनु… आदिले यसका सकारात्मकरनकारात्मक दुबै पक्ष त्यतिकै मात्रामा रहेका छन् । मानिसको रुचि, आवश्यकता, प्रयोग आदिलाई ध्यान दिएर विभिन्न सामाजिक संजालको विकास गरिदैछ र प्रयोगमा आइरहेका एप्लिकेसनहरु पनि अपडेट गरिदैछ।

आज कुन विषय चर्चा मा आयो, कोरके भाइरल भयो, कुन भिडियो ट्रेडिङमा छ, कुन अडियो म्युजिक धेरैको रोजाइमा परेको छ, कुन ह्यासट्यागको प्रयोग बढी छ, के कुरा सबैभन्दा बढी खोजियोरहेरियो… यी र यस्ता धेरै कुराहरु सामाजिक संजालमा आउने गर्दछ्न्। सामाजिक संजालमा आएका कारण कुनै बिषयबस्तुर केही ब्यक्ति फ्यामस बन्न पुग्छन् , हरेक प्रयोगकर्ताले त्यसलाई बहसको बिषय बनाउँछन्, त्यसले सकारात्मक प्रभाव सबै क्षेत्रमा पारेको हुन्छ। केही कुरारपात्र भने केही समयको लागी भाइरल चै हुन्छन्, न त तिनको प्रभाव रहन्छ न त भबिस्यसम्म अस्तित्व नै, ती तेतिकै हराएर जान्छन् । सामाजिक संजालमा सबै क्षेत्रका ब्यक्ति एकैठाउँमा जोडिनु राम्रो पक्ष हो तर सबै ब्यक्ति सबै क्षेत्रसँग सम्बन्धित बिषयबस्तुमा बिश्लेसक, जानकार, विद्वान, ज्ञाता, सल्लाहकार, निर्देशक हुँदा कहिलेकाहीँ प्रयोगकर्ता अलमल मा पर्ने, गलतरभ्रामक कुरा अगाडी आउने, सत्यतथ्य थाहा नहुने गर्दछ।

सामाजिक संजाल निर्माण गर्ने कम्पनीरब्यक्तिहरुले सोसियल मिडियालाई आफ्नो ब्युजनेससँग जोडिरहेका छन् । जति धेरै प्रयोगकर्ताले यसको प्रयोग गर्यो त्यति नै बढी इन्कम उनिहरुलाई हुन्छ तर हामी भने समय कटाउने, मनोरञ्जन लिनकै लागि मात्र यसको प्रयोग गरिरहेका छौँ । थोरै ब्यक्तिरसंस्था ले मात्र यसको उपयोग गरेर आफ्नो फाइदा लिएका छन् । हामीले सामाजिक संजाललाई प्रयोग गरि ब्यक्तिगत, सामुहिक, सामाजिक … फाइदाको लागि उठाउनुपर्नेरछलफल गर्नुपर्ने बिषयलाई गौण बनायौँ। एउटा ब्यक्तिले बिहान उठेदेखी बेलुकासम्म गर्ने हरेक गतिविधि ( खाने,भेट्ने,जाने…), को जन्मियोर को मर्यो, कसको बिहे भयोरकसको म्यारिज एनिभर्सरी भयो, कसले जित्योरकसले हार्यो, को बिदेश गयोरको आयो, कसले बधाई पायोर कसले पाएन, को पास भयोरको फेल भयो, दैनिकी जस्तो हुने दिवस(डे) हरुमा हुने फोटो प्रदर्सन जस्ता कुरा सामाजिक संजाल मा बढी देखिन्छन् , मैले सामाजिक संजाल प्रयोग नगर्दा यस्ता कुरा हेर्नबाट कतै म छुटेँ कि!

तपाईको प्रतिक्रिया