सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खाेप लगाएको कार्ड देखाउनु पर्ने

  पुष २५, २०७८

काठमाडौं, पुस २५ : माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने भएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले साे सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो ।

उहाँले विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा, जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको बताउनुभयो । यो माघ ३ गतेदेखि लागू हुने र भ्याक्सिन लगाएको कार्ड मोबाइलमा चिखेर मोबाइलबाटै देखाएपनि पनि हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया