पल र समीक्षाको ‘जोवन’ सार्वजनिक

  मंसिर १६, २०७८

काठमाडौं, मङ्सिर १६ : वसन्त थापा र समीक्षा अधिकारीको नयाँ गीत ‘जोवन’ सार्वजनिक भएको छ । स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट बिहीवार सार्वजनिक भएको हो ।

गीत साहित्यकार नकुल ढकालले लेख्नुभएको हो भने वसन्त थापाले संगीत भर्नुभएको छ । गीतको म्युजिक भिडियोमा पल शाह र समीक्षा अधिकारीले अभिनय गर्नुभएको छ । भिडियो निर्देशन दीपक एम सिंहले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया