‘रुमाल फाट्यो नि’ सार्वजनिक

  चैत ३०, २०८०

काठमाडौँ, ३० चैत : गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’ गीतको भिडियो सार्वजनिक भएको छ । 

गीतमा सन्तोष सुनारको शब्द र सङ्गीत तथा सुदीप सागरको एरेन्ज रहेको छ । एचबिएन किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको छ । भिडियोमा सन्तोष सुनार, गुराँस ढकाललगायतको अभियन छ । नृत्य शैलीको गीत दोहोरी फ्लेभरमा छ ।

भिडियोमा विशाल कार्कीको प्रोडक्सन, प्रशान्त मगर र करण खतिवडाको सहायक निर्देशन, टेकेन्द्र शाहको सम्पादन र कलर, रामकुमार केसीको छायाङ्कन एवं शिशिर खातीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया