साउथह्याम्पटनलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा

  मंसिर १२, २०७८

काठमाडौं, मङ्सिर १२ : लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा लिभरपुललाई जिताउन डिएगो जोटाको दुई गोल गर्नुभयो । थियागो अलकान्तारा र भर्जिल भानडाइकले एक एक गोल थप्नुभयो । लिभरपुलले खेलको दोस्रो समनेटमै डिएगो जोटाको गोलबाट अग्रता लिएको थियो ।

३२औँ मिनेटमा जोटाले मोहमद सलाहको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । ३७औँ मिनेटमा थियागो अलकान्तारा र ५२औँ मिनेटमा भर्जिल भानडाइकले गोल गर्दै लिभरपुललाई सजिलै जिताउनुभयो ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको लिभरपुलले १३ खेलबाट २८ अंक बनाएको छ । पराजित साउथह्याम्टन १४ अङ्क जोड्दै १४औं स्थानमा छ । शीर्षस्थानमा रहेको चेल्सीको २९ अङ्क छ । चेल्सीले एक खेल कम खेलेको छ ।

शनिबार राति नै भएको अन्य खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई २–० र एस्टन भिल्लाले क्रिकस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको छ । नर्विच सिटी र वल्भ्स तथा ब्राइटन र लिड्स युनाइटेडले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

तपाईको प्रतिक्रिया