थप ३२६ मा संक्रमण, ६०९ कोरोनामुक्त, चार जनाको मृत्यु

  असोज २७, २०७८

काठमाडौं, असोज २७ : पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ६७१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३२६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, एक हजार ९२३ वटा एन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ६०९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २६१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १४ हजार २६७ जना छन् । पछिल्लो २४ घण्टामा दुई हजार २७५ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया