च्याङ्ग्रा नआउँदा महँगियो दशैँ

  असोज २७, २०७८

हुम्ला, असोज २७ : कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दशैँ महँगो भएको छ । स्थानीय खसीभन्दा सस्तोमा पाइने च्याङ्ग्रा चीनको ताक्लाकोट र चुवाँखोला नाकाबाट आयात नभएपछि खसीको बलि दिनै पर्ने दशैँ महँगो भएको हो ।

खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँका सर्जन रावलले बाह्र हजारमा पाइने च्याङ्ग्रा नआउने भएपछि ३० हजारमा स्थानीय खसी किन्नुपरेको बताउनुभयो । खसीको मूल्य हुम्लामा यो हालसम्मकै उच्च हो । उहाँले बर्सेनि चीनको ताक्लाकोटबाट आउने च्याङ्ग्रा कोरोनाका कारण हिल्सा नाका बन्द हुँदा व्यापारीले ल्याउन नपाएपछि दशैँ महँगो हुन गएको बताउनुभयो ।

हुम्लामा च्याङ्ग्रा भित्रिएका भए आकार हेरी सात हजारदेखि १७ हजार मूल्यमा खरिद गर्न पाइन्थ्यो । उहाँले यसपाली च्याङ्ग्रा आउन नपाउँदा दशैँ महँगो हुन गएको बताउनुभयो । दस वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका व्यापारी छिरिङ लामाले नाका बन्दले च्याङ्ग्रा आउँदा व्यापारै
छोड्नु परेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया