म्याथ्यु हेडन प्रशिक्षकको भूमिकामा आउँदै

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : अष्ट्रेलियाका पूर्ब ओपनर ब्याट्सम्यान म्याथ्यु हेडन अन्तर्राष्ट्रिय क्रिकेटमा पर्दा पछाडिको भूमिकामा फर्किनुहुने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले हेडनलाई ब्याटिङ प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको छ ।

हेडनलाई तात्काल टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ का लागि ब्याटिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ । दक्षिण अफ्रिकी तीब्र गतिका बलर वर्णोन फिलन्दरलाई भने बलिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ । रमिज राजा पाकिस्तान क्रिकेट बोर्डको नयाँ अध्यक्ष निर्वाचित भए लगत्तै प्रशिक्षक नियुक्त गर्नुभएको हो ।

दुई जना बाहेक बोर्डले छिट्टै प्रमुख प्रशिक्षक समेत नियुक्त गर्ने तयारी गरेको छ । म्याथ्युज हेडनले सन् २००९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो । सन् २००३ र २००७ मा अष्ट्रेलियाको विश्वकप जित्ने टोलिका उहाँ सदस्य हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया