८३८ संक्रमित, एक हजार ४२३ कोरोनामुक्त, १३ जनाको मृत्यु

  भदौ २८, २०७८

काठमाडौं, भदौ २७ : पछिल्लो २४ घण्टामा नेपालमा ८३८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ८७८ आरटीपीसीआर परीक्षण गरिएकोमा ८३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार १४० वटा एन्टीजेन परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एक हजार ४२३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९४९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४४९ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी आइतबारसम्म २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४५४ जना सघन उपचार कक्षमा उपचाररत रहेका छन् भने १४० जना भेन्टिलटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २५ हजार १७१ जना होम आइसोलेशनमा र १५ सय ८६ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ३२१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया