नौ हजार १९८ संक्रमित, पाँच हजार ७६७ कोरोनामुक्त, २१४ को मृत्यु

  जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका नौ हजार १९८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच हजार ७६७ सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ६५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म २७ लाख ९२ हजार ६७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित चार लाख ६४ हजार २१८ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल एक लाख १३ हजार ४८० जनामा भाइरसको सङ्क्रमित सक्रिय छ । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना कोरोनामुक्त भएका छन् ।

आइतबार २४ घण्टामा २१४ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया