हवाईजहाज भित्र ‘यो मुटुमा सँधैभरि’ विमोचन

  चैत १५, २०७७

काठमाडौं, चैत १५ : वरिष्ठ गीतकार हरिगोपाल प्रधानले हवाईजहाजभित्र आफ्नो साङ्गेतिक एल्बल “यो मुटुमा सँधैभरि” विमोचन गरी विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ ।

काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र छत्तीस हजार (३६,०००) फिटको उचाईमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विमोचन गरेर “वल्र्ड बुक अफ रकेर्डस्” मा कीर्तिमान कायम गर्नुभएको हो ।

उपराष्ट्रपतिको कार्यालय, हरित गृहमा आयोजिम कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनलेबाट विश्व रेकर्ड्सको प्रमाणपत्र कीर्तिमानी वरिष्ठ गीतकार हरिगोपाल प्रधानलाई हस्तान्तरण भएको थियो ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला वल्र्ड बुक अफ रकेर्डस्को पीन एवं माला लगाई विश्व कीर्तिमानी गीतकार प्रधानलाई सम्मान गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया