बोइज यूनियनको नयाँ बस्तीमाथि सहज जित

  फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : बोइज यूनियनले नयाँ बस्तीमाथि ३–० को सहज जित हात पारेको छ । मिलान लिम्बुले हयाट्रिक गोल गरेपछि बोइज यूनियनले नयाँ बस्तीमाथि सहज जित हात पार्न सफल भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार सम्पन्न खेलमा बोइज यूनियनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल थप्यो । बोइज यूनियनका लागि तीनवटै गोल मिलान लिम्बुले गर्नुभयो । पहिलो हाफको २१ औं मिनेटमा गोल गर्दै मिलानले पहिलो गोल गर्दै बोइज यूनियनलाई १–० को अग्रता दिलाउनुभयो ।

पहिलो हाफमै थपिएको समयको पहिलो मिनेटमै लिम्बुले दोस्रो गोल थप्दा बोइज यूनियनले अग्रतालाई दोब्बर पार्यो । ५७ औं मिनेटमा मिलानले लगातार तेस्रो गोल गर्दै आफ्नो हयाट्रिक गोल पुरा गोल गर्नुका साथै बोइज यूनियनको नयाँ बस्तीमाथि ३–० को जित सुनिश्चित गर्नुभयो ।

तपाईको प्रतिक्रिया