काेरोनाका ७८ संक्रमित थपिए, ८२ निको भए, एक जनाको मृत्यु

  फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ८२ जनामा सक्रमित निको भएका छन् । सो अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा। जागेश्वर गौतमले नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार १४३ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ४०७ जना निको भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् । हाल ९६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालमा हालसम्म २१ लाख ६२ हजार ९३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ९६५ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले उल्लेख गरेको छ । आईसीयुमा ३२ जना र भेन्टिलेटरमा आठजनाको उपचार भैरहेको छ ।

काठमाडौं उपत्यकामा ३७ जनामा कोरोना संक्रमण
यस्तै, दुई हजार ५३२ जनाको नमूना परीक्षण गर्दा २४ घण्टामा काठमाडौं उपत्यकामा ३७ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकाको भक्तपुरमा छ, ललितपुरमा पाँच र काठमाडौंमा २६ जनामा कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया