विराटनगरको रारा साकोस आर्थिक संकटमा, कार्यालय बन्द गरी सञ्चालक सम्पर्कविहीन

  माघ १०, २०७७

विराटनगर, माघ १० : विराटनगर–७, स्थित रारा बचत तथा ऋण सहकारी संस्था बन्द गरी सञ्चालक सम्पर्कबिहीन बनेका छन् । कार्यालय बन्द भएपछि सदस्यमा आशंका उत्पन्न भएको छ । आर्थिक समस्यामा रहेको उक्त सहकारी संस्थाले बचत रकम फिर्ता गर्ने भनेर ८ गते कार्यालय सदस्यलाई बोलाएको थियो ।

बचत रकम फिर्ता दिन बोलाइएपनि कार्यालय पुग्दा बन्द देखेपछि सदस्यमा खैलाबैला मच्चिएको थियो । यसअघि देखिनै आफ्नो बचतको रकम कार्यालय धाईरहेका बचतकर्ताले पछिल्लो समय बोलाइएको दिनपनि सहकारी बन्द रहेको पाएपछि आक्रोशित र आशंकित भएका सहकारी खबर अनलाइनमा उल्लेख छ ।

विना सूचना कार्यालय बन्द भएपछि बचत रकम डूब्ने हो कि भन्ने चिन्तामा सदस्यहरु रहेका छन् । सदस्यहरु जिल्ला प्रहरी कार्यालय पुगेका छन् । सहकारी संस्थाका अध्यक्ष शेरबहादुर थापा मगरले भने सहकारी भागेको भन्ने हल्ला निराधार रहेको दावी गरेका छन् । सहकारीले प्रवाह गरेको ऋण समयमा उठ्न नसकेका कारण बचतकर्तालाई रकम तिर्न समस्या भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया