जितकुण्डोको तालिम शुरु

  माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम आजदेखि शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा उक्त तालिमको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा चार प्रदेशका १२ जिल्लाका ३५ जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ ।

सहभागीलाई नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका महासचिव एवम् प्रमुख प्रशिक्षक शिवबहादुर थापाले प्रशिक्षण दिइरहनुभएको छ । तालिममा सहभागीलाई जितकुण्डोका परिवर्तित नियमलगायत विषयमा जानकारी दिइने प्रमुख प्रशिक्षक थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया