वाग्मती प्रदेशका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

  पुष १०, २०७७

हेटौंडा, पुस १० : वाग्मती प्रदेशका तीन मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेसँगै दाहाल–नेपाल खेमाका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल तथा सामाजिक विकास मन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन् ।

‘मुख्यमन्त्रीकै कारण प्रदेश सरकार अलोकप्रिय भइरहेको छ । यस्तो अवस्थामा जनचाहना अनुसार हामीले काम गर्न सकेका थिएनौं । त्यसैकारण हामीले सामूहिक राजीनामा दिएका हौं,’ प्रदेशसभामा पत्रकार सम्मेलन गर्दै मन्त्री जम्मकट्टेलले केन्द्रको निर्देशनअनुसार आफूहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको बताए ।

तपाईको प्रतिक्रिया