साइबर सेक्युरिटी लमा लगानी गर्न विज्ञको सुझाव

  असोज २६, २०७७

काठमाडौँ, असोज २६ : साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रमका वक्ताले बताएका छन् ।

गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनका अवसरमा इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी सेसनमा वक्ताले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँदै डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

पूर्वमन्त्री गणेश शाहले डिजिटल ट्रान्सफरमेशनलाई विशेष जोड दिनुपर्ने बताउँदै कोभिड महामारीपछि शिक्षामा आइटी प्रयोगमा जोड दिन आवश्यक देखिएको बताउनुभयो । डिजिटल साक्षरता बढाउन गैरआवासीयले ध्यान दिनुपर्छ भन्दै उहाँले स्वास्थ्य र कृषि क्षेत्रमा पनि डिजिटल्ली जान सकिने भनाइ राख्नुभयो ।

होवार्ड युनिभर्सिटीका प्रा दण्ड रावतले साइबर सेक्युरिटीमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । युनिभसिर्टी अफ टुर्कु फिनल्यान्डका प्रा राजीव कान्तले स्मार्ट सिटी निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । आइसिटी रिपोर्टले स्मार्ट सिटी निर्माण गर्न सकिने प्रशस्त सम्भावना रहेको उहाँको भनाइ थियो ।

एनआइसिटी टोक्यो जापानका रिसर्च म्यानेजर ड वेदप्रसाद काफ्लेले डिजिटल प्रविधिका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । प्रविधि आत्मसात् गर्न पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउँदै उहाँले फाइभ जी नेटवर्कको प्रयोग र सेवाबाट जीवन सहज बनाउन सकिने भनाइ राख्नुभयो ।

नेपाल प्रहरीका पूर्वअधिकृत राजीव सुब्बाले साइबर सुरक्षा र राष्ट्रिय सुरक्षा अन्तरसम्बन्धित हुने बताउनुभयो । नेपाल र भारतको नक्शा विवादसँगै नेपाल र भारतका ह्याकरले वेबसाइट ह्याक गर्ने गरेको उहाँले बताउनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको बताउँदै साइबर नभएका ठाउँमा छिट्टै फाइबर विस्तार गरिने जानकारी दिनुभयो ।नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले १० वर्षमा मोबाइल र डाटा प्रयोग बढ्दै गएको बताउनुभयो ।

छ प्रदायक संस्थाले मोबाइल सेवा दिइरहेको बताउँदै उहाँले डिजिटल नेपालको परिकल्पना र दिगो विकास लक्ष्य प्राप्ति गर्नका लागि टेलिकमलाई महत्वपूर्ण स्थान दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

वल्र्डलिंक कम्युनिकेशन चिफ टेक्निकल अफिसर समित झानाले साइबर सेक्युरिटी लको विषयतिर लगानी गर्न आवश्यक देखिएको सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया