जर्मनीद्वारा १० लाख युरो अनुदान

  चैत ०८, २०७६

काठमाडौं, चैत ७ : कोभिड–१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।

जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई सघाउन उक्त रकम प्रदान गरिएको यहाँस्थित संघीय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया