आकृतिको हत्यारा राई पक्राउ

  चैत ०६, २०७६

मंगलबारे, चैत ६ : इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ । आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको हो ।

गत मंगलबार कक्षा–११ को जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान गरेको इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिनुभयो । आकृतिको हत्या गरेर माटोमा गाडेको अवस्थामा शव फेला परेको थियो । सूर्योदय नगरपालिका–१३ स्थित पोखरी (किराँत टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा अध्यनरत थिइन् ।

युवती मंगलबार बिहान घरबाट परीक्षा लेख्न भनी हिँडेको तर विद्यालय नपुगेपछि खोजतलास शुरु गरिएको थियो । बुधबार दिउँसो अम्रिसो बारीमा शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शव परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ ।

प्रहरीसामु रोशनले बलात्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाई बाँध्ने गोठ नजिकै रहेको अम्रिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको बयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । शवलाई प्लाष्टिकको बोरामा राखेर माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो ।

तपाईको प्रतिक्रिया