कोरोना संक्रमण फैलन सक्ने हुँदा चैतमा हुने सबै परीक्षा स्थगित

  चैत ०६, २०७६

काठमाडौं, चैत ५ : सरकारले एसइई लगायत चैत्र महिनामा सञ्चालन गर्ने सबै परीक्षा स्थिगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन सक्ने अबस्थालाई विचार गरी सरकारले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय सिटिइभटिले सञ्चाल गर्ने र विद्यालय तहका समेत सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थागित गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयस्तर तथा उच्च शिक्षाका सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया