तमन्नाकाे चाहना

  चैत ०५, २०७६

मुम्बई, चैत ५ : दक्षिणकी अभिनेत्री तमन्ना भाटिया फिल्मसँगै आफ्नो लुक्सका कारण चर्चामा रहन्छिन्। तमन्ना अहिले आफ्नो स्वयम्बरका बारेमा गरेको घोषणाका कारण पनि चर्चामा छिन्। उनले आफ्नो स्वयम्बरमा यी तीन स्टारलाई बोलाउने बताएकी छन्।

एक अन्तर्वार्तामा तमन्नाले आफ्नो स्वयम्बरमा ऋतिक रोशन, विक्की कौशल र प्रभासलाई बोलाउने चाहना रहेको बताएकी छन्। उनले आफू ऋतिक रोशनको फ्यान भएको पनि पुष्टि गरेकी छन्। उनीसँग स्क्रिन सेयर गर्ने इच्छा व्यक्त गर्दै तमन्नाले भनेकी छन्, ‘ऋतिकसँग फिल्म गर्न पाए मेरो पुरानो पोलिसी तोड्न तयार छु।’

तमन्नाले ऋतिकसँग भएको आफ्नो भेटघाटका बारेमा पनि खुलेर कुरा गरेकी छन्। भेटमा उनले ऋतिकसँग तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट पनि गरेकी छन्। तमन्ना छिट्टै बलिउड फिल्म ‘बोले चुडियाँ’ मा देखिने छन्। फिल्ममा उनीसँग नवाजुद्दिन सिद्धिकी लिड रोलमा छन्। तमन्ना तेलुगु फिल्म ‘सिटीमार’ मा पनि देखिने छन्। एजेन्सी

तपाईको प्रतिक्रिया