सार्वजनिक सवारीमा अश्लील हर्कत र पाकेटमारीमा संम्लग्न ५४० पक्राउ

  चैत ०३, २०७६

काठमाडौ, चैत ३ : उपत्यकाका तीनओटा जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा संचालन हुने सार्वजनिक यातायातका साधनहरुलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमैत्री बनाउने अभियानमा प्रहरीको सक्रियता बढेको छ ।

काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मैत्री बनाउने उद्देश्यले सुरु महानगरीय प्रहरी कार्यालय, रानिपोखरीले सुरु गरेको अभियानमा दुर्व्यहार तथा पाकेटमारीका घटनामा संम्लग्न ५४० जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय, रानिपोखरीले जनाएको छ ।

प्रहरीले संचालन गरेको ‘सेफ्टी फिन क्यापियन’ अभियान अन्तरगत २०७६ पौष महिनादेखि फागुन मसान्तसम्ममा सार्वजनिक सवारी साधनमा महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने यौनजन्य दुव्र्यवहार र पाकेटमारी गर्ने ५४० जनालाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिएको छ महानगरीय प्रहरी कार्यालय, रानिपोखरीले आफ्नो वेवसाइडमा सार्वजनिक गरेको छ ।

उपत्यकामा सार्वजनिक यातायात र स्थानमा हुने पाकेटमारी, महिला बालबालिका तथा जेष्ठ नागरिक माथि हुने यौनजन्य दुव्र्यवहार मुख्य चुनौतीको रुपमा रहेको त्यस्ता स्थानमा सादा पोशाकका प्रहरी खटाएर महानगरीय प्रहरी कार्यालय, रानिपोखरीले उनीहरुको सुरक्षा दिएको वेवसाइडमा उल्लेख गरेको छ ।

सार्वजनिक यातायात, किनमेल गर्ने तथा मेलापर्व लाग्ने, भिडभाड हुने स्थानहरुमा महानगरीय प्रहरी कार्यालय र महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर समेतबाट सादा पोशाकमा प्रहरी टोलीले साउन १४ गतेदेखि सेफ्टी फिन क्यापियन सुरु अभियानबाट सार्वजनिक सवारी साधन तथा मेलापर्वहरुलाई व्यवस्थित, सुरक्षित र मर्या्दित वनाउदै महिला बालबालिका तथा जेष्ठ नागरिकमैत्री हुंदै गरिरहेको कुरा सयौको संख्यामा भएका कारबाहीबाट देखिएको छ । यस अभियानबाट अपराध गतिविधिहरु न्यूनिकरण हुंदै गराइरहेको छ ।

महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार पौष महिनादेखि हालसम्म जम्मा ५४० जना मानिसहरुलाई पक्राउ गरिएका मध्ये अश्लिल हर्कत २७ जना, शारिरीक यौनजन्य दुव्र्यवहार ६२ जना, अपशब्द, अश्लिल गाली गलौज १२ जना, पाकेटमारा ८९ जना, लागु औषध लगायत अन्यमा ३५० जना रहेकोमा ६१ वटा मुद्दा दर्ता गरी १४६ जनालाई कानुन बमोजिम कारवाही गरिएको र ३९४ जनालाई सम्झाई बुझाई गरी अभिभावकलाई जिम्मा लगाइएको छ ।

यो अभियानमा साउन यता प्रहरीले १७२० जनालाई प्रकाउ गरी कारवाही गरिएको जनाएको छ । अभियान अझै संचालन भैरहेकाले सूचना दिएर सहयोग गर्न प्रहरीले सबैमा अनुरोधसमेत गरेको गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया