बुटवल–पाल्पा सडक दैनिक आठ घण्टा बन्द

  चैत ०१, २०७६

रुपन्देही, चैत १ : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड स्तरोन्नति गर्न दैनिक ८ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको छ ।

आजदेखि चैत १२ गतेसम्म दैनिक आठ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र साँझ ८ देखि ११ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिनुभयो ।

ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने कामलाई अघि बढाउन लागेको हो ।

तपाईको प्रतिक्रिया