पेट्रोल र डिजलको मूल्य घट्यो, खाना पकाउने ग्यासकाे बढ्यो

  माघ २०, २०७६

२० माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १,३७५ रुपैयाँ पुगेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ,

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजार मूल्य घटेको र ग्यासको बजारमूल्य बढेको हुनाले खाना पकाउने ग्यासको मूल्य बढाएर तेलको मूल्य घटाइएको उल्लेख छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ बनाइए पनि हवाई इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया