सभामुख सापकोटाको शपथ सोमबार

  माघ १२, २०७६

काठमाडौं, १२ माघ : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनुहुने छ ।

तपाईको प्रतिक्रिया