प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल फाइनलमा एपीएफ

  पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरे ।

यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गर्नुभएको थियो । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले एक÷एक गोल गर्नुभएको थियो । एपीएफले त्रिभुवन आर्मी क्लब र भूटानको टोलीबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

एपीएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गर्नुभएको थियो । यस्तै पुलिसकी निशाले खेलको ४३औँ मिनेटमा गोल गर्दै खेललाई ११ गोलको बराबरीमा पु¥याएका थिए । मध्यान्तरअघिको इन्जुरी समयमा एपीएफकी अनिताले दोस्रो गोल गरे । लगत्तै पुलिसकी घिमकुमारीले गोल गरे ।

मध्यान्तरपछिको खेल सकिँदासम्म एपीएफ र पुलिस २२ गोलको बराबरीमा थिए । त्यसपछिको अतिरिक्त समयमा एपीएफका लागि सावित्राले दुई तथा रेखाले एक गोल गरे । आर्मी र भूटानको टोलीबीच अहिले केही बेरमा सेनाको मुख्यालयस्थित खेल मैदानमा दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

तपाईको प्रतिक्रिया