पूर्ण–कृष्ण स्मृति साहित्यिक पुरस्कार श्रेष्ठलाई

  बैशाख ०२, २०७९

काठमाडौं, वैशाख २ : पूर्ण–कृष्ण स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०७७ बाट आख्यानकार भागिरथी श्रेष्ठ पुरस्कृत हुनुभएको छ । वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले आफ्नो आमाबाबुको स्मृतिमा सो पुरस्कारको स्थापना गर्नुभएको हो । साहित्यकार पत्थरले आज एक समारोहबीच सो पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

कैलाली जनपुस्तकालयद्वारा सञ्चालित सो पुरस्कार शुक्रबार काठमाडौंमा साहित्यकार श्रेष्ठलाई हस्तान्तरण गरिएको वरिष्ठ साहित्यकार पत्थरले जानकारी दिनुभयो । सो अवसरमा साहित्यकार हेमन्ती जोशी, डा. पुष्करराज भट्ट, वरिष्ठ पत्रकार भैरव रिसाल, साहित्यकारहरु मञ्जुल, द्वारिका श्रेष्ठ, प्राज्ञ माया ठकुरी, जलेश्वरी श्रेष्ठ, सुलोचना मानन्धर, इल्या भट्टराई, सुस्मिता नेपाल, प्रभा बराल लगायतको सहभागिता थियो ।

२०७७ मा तीन लाख रुपियाँको अक्षयकोष स्थापना गरी सो बापत आउने व्याजबाट सञ्चालित सो पुरस्कारको राशी नगद २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

तपाईको प्रतिक्रिया