मस्को, बैशाख २ : रूसका सभामुख भ्यालेन्टाइन मात्भीयेन्कोले चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले आफू चीन भ्रमणमा जाने तयारीमा रहेको शुक्रबार जानकारी दिनु भएको हो । रुस—चीन संसदीय सहकार्य आयोगको कार्यक्रममा सहभागी हुन आफू चीन जान लागेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
रूसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको दुई महिना हुनै लाग्दा रूसी सभामुख चीन जान लाग्नुभएको हो । “अहिलेको विशिष्ट परिस्थितिमा हामीले चीन भ्रमणमा जाने तयारी गरेका छौँ, यसले दुई देशको सम्बन्ध र अन्तर्राष्ट्रिय विषयहरूमा समेत सकारात्मक योगदान हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ,” सभामुख मात्भीयेन्कोले भन्नुभयो ।






