जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

  बैशाख ०२, २०७९

जेरुसेलम, बैशाख २ : जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सक हरूले बताएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार “९० जना घाइते हरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ” र “अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ” झडपमा “रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया