बेइजिङका ८० प्रतिशत जेष्ठ नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप

  चैत ३०, २०७८

बेइजिङ, चैत ३० : चीनको संघीय राजधानी बेइजिङका ८० प्रतिशतभन्दा बढी जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइ सकिएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो सङ्ख्या ६० वर्षभन्दा माथिल्लो उमेरका जेष्ठ नागरिकहरूको हो । कुल ३४ लाख ४० हजार जेष्ठ नागरिकले खोप लगाएकोमा २४ लाख ६० हजारभन्दा बढीले बुस्टर डोज खोप लगाएको अधिकारीहरूले जनाएका छन् ।

बेइजिङका लागि छ करोड सात लाख ६० हजारभन्दा बढी खोपको व्यवस्था गरिएको पनि प्रान्तीय स्वास्थ्य अधिकारीहरूको भनाई छ । यस सहरमा अहिलेसम्म कुल दुई करोड ३० लाखभन्दा बढीले खोप लगाएका छन् । ती मध्ये एक करोड ५४ लाखभन्दा बढीले बुस्टर डोज खोप लगाएका छन् ।

 

तपाईको प्रतिक्रिया