किमाथाङ्का, चैत २६ : सङ्खुवासभाको पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राईले आफुले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गर्नुभएको छ । राईले प्रयोग गर्दै आएको को१झ ५४० नंको स्कार्पियो गाडी फिर्ता गर्नुभएको हो ।
शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गर्नुभयो । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सवारीसाधन फिर्ता गरेको राईले बताउनुभयो ।