मन्त्रिपरिषद्को बैठक : २० देशमा राजदूत नियुक्तिको सिफारिस

  चैत २४, २०७८

काठमाडौं, चैत २४ : सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आज अपराह्न भएको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो ।

यसैगरी नेपाल टेलिकमकाे प्रबन्ध निर्देशक (एमडी) मा सुनिल पौडेललाई नियुक्ति गरिएको पनि एक मन्त्रीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया