काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

  चैत १४, २०७८

काठमाडौं, चैत १४ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि जारी छ । स्थानीय तहको निर्वाचन, गठबन्धन लगायतका विषयमा बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्दै आउनुभएको छ ।

समसामयिक राजनीतिक विषयमा नेता एवम् केन्द्रीय सदस्यहरुले धारणा राखिरहनुभएको काँग्रेस सचिव प्रदीप पराजुलीले बताउनुभयो । ग्रेसको केन्द्रीय समितको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुले गठबन्धनलाई चुनावसम्म लानुपर्नेमा सकारात्मक देखिएको बताइएको छ ।

तर, काँग्रेस नेता डा. शेखर कोइराला पक्षले भने यस विषयमा असहमति राख्दै आएका छन् । यी लगायतका विषयमा ललितपुरको सानेपास्थित बीपी स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयमा बैठक जारी रहेको हो ।

तपाईको प्रतिक्रिया