युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई विमान सोमबार चीन पुगे

  चैत ०७, २०७८

बेइजिङ, चैत ७:युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान सोमबार सकुशल चीन पुगेका छन् । बिहान ८स्०३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो उडान बिहान ८स्३९ मा मध्य चीनको झेङझाउ शहरमा पुगेको छ।
यस अघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान १७ अस्थायी उडानहरू भइसकेका छन् । रुस( युक्रेन द्वन्द्व शुरु भएयता विदेशी नागरिकहरूले युक्रेन छाड्ने क्रम तीव्र बनेको छ।

तपाईको प्रतिक्रिया