काठमाडौं, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिट्ब्यूरो बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।
काठमाडौंको बबरमहलस्थित एक बैंक्वटमा बस्ने उक्त बैठकमा आसन्न स्थानीय तहको चुनाव केन्द्रीत छलफल हुने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
‘निर्वाचन केन्द्रीत, उम्मेद्वार छनोट, घोषणापत्र लगायतका विषयमा पोलिट्ब्यूरोको यो पहिलो बैठकमा छलफल हुनेछ’, उहाँले भन्नुभयो ।
निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु चुनावका गतिविधि तथा रणनीतिक योजना निर्माणमा जुटिरहेका छन् ।
सोही क्रममा एमालेले पनि निर्वाचन केन्द्रीत कार्यक्रम र छलफल अघि बढाएको हो ।