काठमाडौं, चैत ५ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गर्नुभएको छ ।
मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनका एजेण्डा लिएर घरघर जानुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले भन्नुभयो, “अब सम्पूर्ण समय पार्टीलाई दिनुहोस्, टोलटोल, वडावडामा परिचालित हुनुहोस् ।”
कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरघरमा पुगेर जनमत बटुल्न आग्रह गर्नुभयो । उहाँले विकास र समृद्धिको नारा लिएर जनतामा जानसमेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।