काठमाडौं, चैत ४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत ११ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिनुभयो ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ।