७३ दलले जिल्ला समितिको विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्ने

  चैत ०३, २०७८

काठमाडौँ, चैत ३ : निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरु बाहेकका अन्य साना ७३ राजनीतिक दललाई आवश्यक विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आग्रह गरेको छ ।

जसअनुरुप, वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि ती दलहरुको जिल्ला स्तरको संगठनात्मक संरचना दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरी आयोगमा पेश गर्नुपर्नेछ ।

आयोगको साना दललाई पनि निर्वाचन चिन्ह उपलब्ध गराउने निर्णयसँगै ती दलहरुलाई आवश्यक आधिकारिक विवरण पेश गर्न बताएको हो ।

आयोगले राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ५७ बमोजिम भएको निर्णय अनुसारको विवरण चैत ६ गतेभित्र आयोगमा उपलब्ध गराउनुपर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया