वाशिंगटन, चैत २ : राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दा युक्रेनको विनाशकारी भिडियो देखाउनु भएको छ।
पृष्ठभूमिमा सुमधुर सङ्गीतसहितको छोटो भिडियोले भग्नावशेष भवनहरू र बालबालिकाहरू सहित घाइते भएका नागरिकहरूको कारुणिक दृष्य देखाइएको थियो ।
सो भिडियोको अन्तिम फ्रेममा नो-फ्लाई जोनको अपीलमा ‘आकाश बन्द गर्नुहोस्’ शब्दहरू देखाइएको थियो।






