स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण

  चैत ०२, २०७८

भक्तपुर, चैत २ : शिक्षक तथा स्रष्टा तुल्सीहरि प्रजापतिद्वारा लिखित तीन पुस्तक एकैसाथ लोकार्पण गरिएको छ । मध्यपुरथिमिमा आयोजित लोकार्पण कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले एकै साथ प्रजापतिको पुस्तकहरु ‘स्वनिगःया पलेस्वां, मेरो प्यारो मध्यपुरथिमि र अनबिटेबल’ लोकार्पण गर्नुभएको हो ।

नेपालभाषा, नेपाली र अंग्रेजी गरी तीनवटै भाषामा लेखिएका उक्त कृतिबारे बोल्दै नगर प्रमुख श्रेष्ठले तीन वटा भाषामा एकैसाथ प्रकाशित पुस्तकले मध्यपुरथिमि नगरपालिका भित्रका कला, सम्पदा, संस्कृति र यहाँका राम्रा पक्षलाई पाठकमाझ सकारात्मकरूपमा पस्कन सफल भएको बताउनुभयो ।

कार्यक्रममा पुस्तकका लेखक प्रजापतिले मध्यपुरथिमि सांस्कृतिकरूपमा अथाह धनी रहे पनि सबलरूपमा प्रस्तुत हुन नसक्दा मध्यपुरथिमिलाई कतिपयले नकारात्मक उखान र टिप्पणीमार्फत व्याख्या गर्ने गरेकोमा आफ्नो पुस्तकले त्यस्ता नकारात्मक टिप्पणीलाई चिर्दै मध्यपुरथिमि उत्कृष्ट क्षेत्र भएको पहिचान दिन सफल हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया