करिब ३० लाख शरणार्थीले युक्रेन छाडे

  चैत ०२, २०७८

काठमाडौं, चैत २ : रुसी फौजले युक्रेनमाथि आक्रमण गरेपछि २० दिनमा करिब ३० लाख शरणार्थीले देश छोडेको बताइएको छ ।

सबैभन्दा धेरै पोल्याण्डमा १८ लाख भन्दा युक्रेनी शरणार्थी पुगेका छन् । यस्तै, रोमानियामा साढे चारलाख, मोल्डोभामा तीनलाख भन्दी बढी, हंगेरीमा पौने तीन लाख, स्लोभाकियामा सवा दुई लाख शरणार्थी पुगेको अलजजिराले उल्लेख गरेको छ ।

उता, युक्रेनमाथि हमला गरेको देश रुसमा करिब डेढ लाख र बेलारुसमा १४ सयजति शरणार्थी पुगेको संयुक्त राष्ट्र सघंको युनएचसीआरले जनाएको हो ।

तपाईको प्रतिक्रिया