सार्वजनिक खरिद नियमावली संशोधन, फोहर व्यबस्थापनमा पहल गर्ने मन्त्रीपरिषदको निर्णय

  फागुन २६, २०७८

काठमाडौँ, फागुन २६ : मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको छ । बिहीरबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले जानकारी दिनुभयो ।

उहाँले यसभन्दा अगाडि बसेको मन्त्रिपषिद् बैठकमा सार्वजनिक खरिद नियमावली पास भएको थियो । उक्त पास भएको नियमावलीकाे थप संशाेधन पास भएकाे  हाे। खेलकुद मन्त्री गहतराजका अनुसार आज पास भएको नियमावली अब केही दिनभित्र राजपत्रमा प्रकाशित हुने छ ।

सरकारले सार्वजनिक खरिद नियावलीलाई ११ औँ पटक संशोधन गरिएको हो । यसैगरी, बैठकले काठमाडौंको फोहोर व्यवस्थापनलाई तत्काल पहलकदमी लिने निर्णय भएको छ ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न तत्काल बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासीसँग समन्वय गर्ने र देखिएका समस्या समाधान गर्न प्रक्रिया थाल्ने निर्णय भएको उहाँले बताउनुभयो ।
आज बसेको बैठक नियमित बैठक हो ।

तपाईको प्रतिक्रिया