काठमाडौं, फागुन २३ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को पोलिट्ब्यूरोको प्रथम बैठक बानेश्वरमा जारी छ ।
बैठक करिब एक घण्टादेखि बैठक जारी रहेको अध्यक्ष माधवुमार नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
अध्यक्ष नेपालले पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा संसद निरन्तर अवरुद्ध गर्दै आएकोमा संसद विघटन अर्को विकल्प हुन सक्ने पछिल्लो धारणा राख्नुभएको थियो ।
राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रीत रहँदै आएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।