अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट संक्रमित

  फागुन २१, २०७८

वासिङ्टन, फागुन २१ : युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट संक्रमित भएको देखाएको छ ।

संक्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट CDC को अनुमान अनुसार १४० मिलियन भन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ ।

बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र ११ वर्ष सम्मका बालबालिकाहरु मध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमण को एन्टिबडी छ ।

तपाईको प्रतिक्रिया