युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा

  फागुन २०, २०७८

काठमाडौं, फागुन २० : युक्रेनको आपतकालीन सेवाले जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा आएको जनाएकाे छ । स्थानीय समय अनुसार बिहान सवा ६ बजे उक्त भट्टीमा मिसाइल आक्रमण भएको थियो । युक्रेनले यसअघि रुसी सेनाले सो भट्टीसहित पाँचतले भवनमा आक्रमण गरेपछि आगो लागेको बताएको थियो ।

यस आक्रमणमा परेर कुनै पनि मानवीय क्षति नभएको उक्त संस्थाले फेसबुकमा उल्लेख गरेको छ । भट्टीमा लागेको आगो निभाउन ४० जना उद्धारकर्मी र १० वटा यातायातका साधन प्रयोग गरिएको थियो । आक्रमणमा भट्टीकाे मुख्य केन्द्रमा कुनै पनि क्षति नपुगेकाे र सुरक्षित रूपमा भट्टी बन्द गरिएकाे छ अलजजिराले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया