भियना, फागुन १९ : इरानले तेहरान र विश्वशक्तिबीच सन् २०१५ मा भएको सम्झौताको सीमाभन्दा १५ गुणा बढी यूरेनियम भण्डारण गरेको संयुक्त राष्ट्र संघीय आणविक हतियार अनुगमनकारी संस्था (आईएईए)ले बिहीबार जनाएको छ ।
एएफपीले देखेको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) प्रतिवेदनअनुसार फेब्रुअरी १९ सम्ममा इरानले तीन हजार १९७।१ किलोग्राम रहेको अनुमान गरिएको छ । सन् २०१५ को सम्झौताको सीमा ३०० किलो (६६० पाउण्ड) हुनुपर्ने निर्धारण गरिएको थियो ।






