काठमाडौं, फागुन १८ : प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालीबीच छुट्टाछुट्टै भेट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले पहिला नेकपा (एस)का अध्यक्ष नेपालसँग भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताउनुभयो। त्यसलगत्तै प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको थियो ।
सत्ता गठबन्धनका नेतासँग समसामयिक राजनीतिक विषयमा यो नियमित भेटघाट भएको जनाइएको छ ।अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट पारित भएपछि सत्ता गठबन्धनका नेतासँग प्रधानमन्त्री देउवाले छलफल गर्नुभएको हो ।