युक्रेन आक्रमणमा पाँचसय ३६ जनाको मृत्यु : संयुक्त राष्ट्र संघ

  फागुन १८, २०७८

काठमाडौं, फागुन १८ : युक्रेन आक्रमणमा परी पाँचसय ३६ जनाको ज्यान गएको संयुक्त राष्ट्र संघले जनाएको छ । युक्रेनमाथि रुसको आक्रमणमा परेर एकहप्तामा १३ जना बालबालिकासहित एकसय ३६ जना सर्वसाधारणको मृत्यु र चारसय जना घाइते भएका छन् ।

संयुक्त राष्ट्र संघको ओएचसीएचआरका प्रवक्ता लिज थ्रोस्सेलले मानव हताहति योभन्दा पनि बढी हुने सक्ने बताउनुभएको छ । उहाँका अनुसार पूर्वी युक्रेनको डोनेत्स्क र लुहान्स्क क्षेत्रमा मात्रै दुईसय ५३ जनाको ज्यान गएको अलजजिराले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया