चाडमा बसको ठक्करबाट ३० जनाको मृत्यु

  फागुन १६, २०७८

नजामेना, फागुन १६ : मध्य उत्तर अफ्रिकी देश चाडमा दुईवटा बस एकापसमा ठोक्किँदा ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको सहेल देशको यातायात मन्त्रालयले सोमबार जनाएको छ ।

राजधानी एनजामेनाबाट आउँदै गरेको यात्रुवाहक बसले देशको तेस्रो ठूलो शहर अबेचेबाट आएको बससँग ठक्कर दिँदा आइतबार राति उक्त दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया